प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐन

तस्बिरः नेपाललाइभ

काठमाडौं- प्रिन्सा अटोमोबाइल्सले भित्र्याएको अउडीको इलेक्ट्रिक कार अवैध भएको खुलेको छ। यो कार भित्र्याउँदा प्रिन्साले आर्थिक ऐनका व्यवस्था तथा प्रावधान पूरा नभएको फेला परेको हो। प्रिन्साले उत्पादक कम्पनी वा उसले तोकेको एजेन्टसँग नभई तेस्रो पक्षसँग गाडी खरिद गरेको ल्याएको पाइएको छ। 

प्रिन्सा अटोमोबाइल्सले बेलायतको आयात/निर्यात कम्पनी जेमसन कार्टर लिमिटेड मार्फत आयात गरेको छ। यो कम्पनी अउडीको आधिकारिक डिलर पनि होइन र इ–ट्रोन उत्पादकसमेत होइन। उक्त कम्पनीले अउडीले बेलायतमा बिक्रीका लागि उपलब्ध कार प्रिन्सा अटोमोबाइल्सलाई बिक्री गरेको देखिन्छ। नेपाल लाइभले प्राप्त गरेको जेमसन कार्टरको इनभ्वाइस २०१९ जुन २५ मा जारी भएको छ। 

प्रकाशित मिति: : 2019-09-18 17:08:24

प्रतिकृया दिनुहोस्