ट्राफिकको आँखा छलेर गर्ने गल्तीको मूल्य बढी हुनसक्छ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालको काँधमा आएको छ। आफ्नो कार्यकालमा गर्ने कामलाई सातवटा प्राथमिकता अगाडि सारेर उनी बिहानैदेखि सडकमा सिठ्ठी र सेट बोकेर निस्किन्छन्। के यसरी मात्रै समस्‍या समाधान होला त? ट्राफिक प्रशासनलाई दक्ष, अनुशासित, मिहिनेती, सुझबुझ ढंगले काम गर्ने चुस्त र दुरुस्त  ट्राफिक प्रहरी बनाउने उनको अभियान छ। ट्राफिक प्रशासनभित्रका बेथिति, अबका उनका चुनौती अनि उपत्यका र मुलुकभित्र रहेको ट्राफिक व्यवस्थापनका उनका कदमबारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी : ट्राफिक महाशाखाको प्रमुखमा नियुक्त भएपछि  यस क्षेत्रका समस्या कस्तो पाउनुभयो? ट्राफिकभित्र पनि विभिन्न समस्या छन्। यसमा विशेष गरेर उपत्यका ट्राफिककै कुरा गर्दा यहाँ जनसंख्या बढी छ र सोहीअनुसार सवारीसाधनको चाप पनि छ। सवारीसाधन दिनानुदिन बढ्ने क्रममा छन्। मान्छेको मोविलिटी छ।

प्रकाशित मिति: : 2019-09-17 16:03:34

प्रतिकृया दिनुहोस्