ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट : जसले पुर्‍यायो दिल्लीको कोठीमा

तस्बिरः रातोपाटी

भर्खर १८ वर्षकी किशोरी । बुबाआमाले मोबाइल चलाउन पनि भर्खरै मात्र दिएका थिए । भर्खरभर्खर स्मार्ट फोन चलाउन पाएपछि मानिसहरु फोनमा झुण्डिने नै भए । 

नेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना ।

यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् । ती युवक थिए कोहलपुरकै सुनिल थापा भन्ने सुनिल नेपाली ।

२१ वर्षका सुनिल नेपाली हेर्दा पनि सुन्दर देखिन्थे । फेसबुकमा साथी बनेपछि मिना र सुनिलको नियमित कुराकानी र भिडियो च्याटसमेत हुन थाल्यो । मिना नेपालगञ्जकी र सुनिल कोहलपुरको भएकाले पनि उनीहरुबीच लामोलामो कुराकानी हुन थाल्यो । चिनचान भएको करिब एक महिनापछि मिना र सुनिलले नेपालगञ्जमै भेटघाट गरे ।

२१ वर्षका सुनिल र १८ वर्षकी मिनाबीच भेटघाटपछि सम्बन्ध झनै नजिकिन थाल्यो । उनीहरु दुवैजना एकअर्काको प्रेममा परे ।

चिनजान भएको दुई महिनापछि सुनिलले मिनासँग विवाहको प्रस्ताव राखे । तर सुनिलले दिल्लीमा पनि आफ्नो घर भएको भन्दै दिल्ली नै गएर विवाह गर्ने र उतै बस्ने प्रस्ताव राखे ।

सुरुमा दिल्ली जाने प्रस्ताव अस्वीकार गरे पनि प्रेमीले बारम्बार त्यही आग्रह गरेपछि मिना पनि प्रेमीसँगै दिल्ली जाने र उतै विवाह गरेर खुशीसाथ बस्न तयार भइन् ।

मिना दिल्ली जान तयार भएपछि तिनै फेसबुके प्रेमी सुनिलले मिनालाई नेपालगञ्जबाट रुपैडिया हुँदै दिल्ली पुर्याए ।

प्रकाशित मिति: : 2019-09-12 19:25:22

प्रतिकृया दिनुहोस्