जर्मनीको म्युनिखलाई भैरहवामा निर्माणाधीन विमानस्थल सञ्चालनको जिम्मा दिने तयारी

फाइल तस्बिर

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने तयारी गरिएको छ ।

शनिबार संचारकर्मीहरुसँगको अनौपचारिक छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यो विमानस्थल जिटुजी मोडलबाट संचालनको निर्णय अनुसार म्युनिखले ठोस प्रस्ताव ल्याएको उक्त तयारी गरिएको बताए ।

यो विमानस्थल आगामी डिसेम्बरसम्म निर्माण सकिने र त्यसपछि संचालनको प्रक्रिया थालिने उनले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2019-09-21 17:55:57

प्रतिकृया दिनुहोस्