विप्लवको बन्दः देशभर कहाँ के भयो?

नेपालखबर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज (मंगलबार) गरेको नेपाल बन्दले काठमाडौं उपत्यकासहित देशभर जनजीवनमा सामान्य प्रभाव परेको छ।

 काठमाडौंमा आज सार्वजनिक यातायात कम चलेका छन् भने बन्दका दिन ‘अप्रिय घटना’ हुनसक्ने भन्दै धेरैजसो शैक्षिक संस्थाले पठनपाठन बन्द गरेका छन्।

सार्वजनिक गाडी कम चले पनि निजी सार्वजनिक सवारीसाधन भने बाक्लै चलेका छन्।

यस्तै देशका अन्य भागमा पनि सार्वजनिक यातयात, बजार तथा शैक्षिक संस्थामा बन्दको प्रभाव पर्दा जनजीवन प्रभावित भएकाे छ।

बन्दका क्रममा काठमाडौं उपत्यकासहित मुलुकभर दुई दर्जनभन्दा बढी ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्। तर धेरै ठाउँका शंकास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार काठमाडौंबाट १ तथा कास्कीबाट एक जना पक्राउ परेका छन्। अहिलेसम्म कतै क्षति भएको खबर नआएको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित मिति: : 2019-06-25 13:00:34

प्रतिकृया दिनुहोस्