'पास्टरले शरीरभरि चिरे अनि मर्‍यो भन्दै फ्याँकिदिए' [भिडियोसहित]

इटहरी- 'यो मेरो दोस्रो जुनी हो। चर्चका पास्टरले मलाई मारेर फ्याँकेका थिए। मलाई कसले कसरी बचायो थाहा छैन। सायद  प्रभुले बचाउनुभयो होला,' २५ वर्षीय ओपिन साह आफ्नो तितो अनुभव सुनाउँछन्। 

चर्चपीडितहरू मध्ये ओपिन पनि एक हुन्। विश्व सुसमाचार समाज (सियोन) पीडित अभिषेक कार्की र आयुसा चौधरीले आफ्नो पीडा बाहिर ल्याएसँगै सियोन चर्चपीडितहरू बिस्तारै खुल्न थालेका हुन्। 

सियोनका पास्टरहरूले दुःख दिएको भन्दै धेरै जनाले चर्च छाडेर बाहिरिइसकेका छन्। त्यसैमध्येका एक हुन्, साह। पास्टर र उनका सहयोगीले यातना दिएर फ्याँके पनिआफू बाँच्न सफल भएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-06-25 09:57:34

प्रतिकृया दिनुहोस्