सत्य के हो भन्ने सम्बन्धमा विभिन्न मानिस तथा विद्वानहरूका फरक–फरक मत पाइन्छन् । एउटै विषय तथा घटनालाई फरकफरक तरिकाले विश्लेषण विवेचना तथा निष्कर्षण गरिएको पाइन्छ ।

सत्य के हो भन्ने जिज्ञासाबाट प्रेरित भई अध्ययन प्रारम्भ गर्न विभिन्न विद्वान, अग्रज तथा पूर्वजहरूका विचारलाई एकै ठाउँमा राखेर केलाउँदा एउटा निष्कर्षमा त पक्कै पनि पुगिन्छ । निष्कर्ष पूर्ववर्तीहरूका निष्कर्षसँग मिल्दो वा भिन्न जेजस्तो पनि हुनसक्छ । जस्तो भए पनि प्रस्तुत अध्ययन महत्वपूर्ण हुने विश्वास लिइएको छ । 

समान निष्कर्ष आए पूर्ववर्ती मतहरू नै सही थिए भन्ने निष्कर्ष निस्कन्छ र ती मतहरूलाई बल पुर्‍याउन सक्छ र फरक निष्कर्ष आए रहस्यको नयाँ पाटो खुल्छ र अध्ययन सार्थक हुनपुग्छ । संसारमा दर्शन, विज्ञान समाज, धर्म संस्कृति जस्ता अध्ययनका विराट क्षेत्र विद्यमान छन् । सवै क्षेत्रमा आवद्ध भएर विद्वान तथा अध्येताहरूको अध्ययन तथा विश्लेषणको प्रक्रियालाई अघि सारेका छन् ।

यस अध्ययनले ती सम्पूर्ण क्षेत्रको अध्ययन गरी सत्यको निरुपण गर्ने कार्य निश्चय नै असम्भव प्रायः छ । तसर्थ प्रस्तुत लेख सत्यको अवधारणा, सत्यप्रतिको दृष्टिकोण सत्यका विविधता र यसका कारणको सामान्य विवेचना गर्ने उद्देश्यमा केन्द्रित हुनेछ । सामान्य दृष्टिकै आधारमा नै यति कुरा चाँहि भन्न सकिन्छ कि सत्य बहुल छन् र सत्य वैज्ञानिक प्रश्नसँग नभएर तार्किक वा दार्शनिक प्रश्नसँग सम्बन्धित छ ।

प्रकाशित मिति: : 2019-06-25 08:02:59

प्रतिकृया दिनुहोस्