उपेन्द्र यादव र राजेन्द्र महतोबीच गोप्य बैठक, मन्त्रिमण्डल फेरबदल हुने

जनकपुर । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक समितिका सदस्य राजेन्द्र महतोबीच जनकपुरमा अढाई घण्टे गोप्य कुराकानी भएको छ ।

गोप्य बैठकबाट पार्टी एकीकरणदेखि प्रदेश नम्बर २ को सरकारप्रतिको असन्तुष्टीलाई साम्य पार्न मन्त्रिमण्डलको फेरबदलसम्मको कुराकानी भएको जानकारी प्राप्त भएको छ ।

लामो समयदेखि पार्टी एकीकरणको लागि औपचारिक तथा अनौपचारिक रुपमा छलफल बहस भईरहँदा समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणको लागि सहमति जुटेको हो ।

शुक्रबार जनकपुरमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री समेत रहेका यादव र नेता महतोबीच गोप्य वार्तापछि पार्टी एकीकरणको लागि सकारात्मक सहमति जुटेको समाजवादी पार्टीको एक नेताको दावी छ ।

प्रकाशित मिति: : 2019-06-22 11:03:49

प्रतिकृया दिनुहोस्