कतारका व्यापारिक मलमा ‘मेड इन नेपाल’ तरकारी

कतारका व्यापारिक मलमा पाइने ‘मेड इन नेपाल’ ब्राण्डका तरकारी निर्यात गर्ने अलसमन इन्टरनेसनल नेपालका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरे ।

किसानले आफ्नो उत्पादनको बजार भाउ नपाउँदा कहिले बारीमा डोजर लगाउनुपर्ने, कहिले गाई-भैंसीलाई खुवाउनुपर्ने त कहिले सडकमा पोखेर विरोध जनाउनुपर्ने बाध्यता छ।

नेपाललाई कृषिप्रधान देश भने पनि उब्जनीको कुनै मूल्य नभएपछि कृषकहरूलाई खेती गर्न कसरी मन लाग्छ र?

अब मूल्य नपाएका कारण कृषि उपजहरू खेतमै डोजर लगएर नास्ने, सडकमा फ्याल्नुपर्ने दिन गएका छन्। नेपालबाट पहिलोपटक तरकारी विदेश निर्यात हुन थालेको छ। ‘अलसमन इन्टरनेसनल नेपाल’ कम्पनीले नेपालमा उत्पादन भएका तरकारी कतार निर्यात गर्दै आएको छ।

प्रकाशित मिति: : 2019-06-22 10:08:22

प्रतिकृया दिनुहोस्