‘तारा एयर रामेछाप विमानस्थल बाहिरको तारजालीमा ठोकिएर धावनमार्गबाट चिप्लिएको देखियो’

रातो घेरा भित्र तारा एयरको विमान ठोकिएर भत्किएको बार । इन्सेटमा धावनमार्गमा चिप्लिएको विमान । तस्बिर : टीका भट्ट

रामेछाप — सोमबार बिहान रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयरको जहाजले विमानस्थलको धावनमार्गभन्दा लगभग ५० मिटर वर रहेको तारबारलाई छोएर धावनमार्गबाट चिप्लिएको देखिएको छ ।

अवतरणको क्रममा रामेछाप विमानस्थलको धावनमार्गभन्दा झण्डै ५० मिटर बाहिरैदेखि तारा एयरको नाईन एन एकेके कलसाइनको डोर्नियर जहाजले तारजाली तथा त्यसलाई अड्याउन प्रयोग भएको सिमेन्टको पोललाई ठक्कर दिँदै धावनमार्गमा पसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले पनि पुष्टि गरेका छन्।

प्रकाशित मिति: : 2019-04-23 00:48:37

प्रतिकृया दिनुहोस्