सोमबार, १५ डिसेम्बर २०२५

EXCLUSIVE : आफ्नै संगठनविरुद्ध लडेका प्रहरी, जसले मरेपछि मात्र 'न्याय' पाए

News Image
रातो घेरामा राजेशकुमार खड्का। तस्बिरः नेपाल लाइभ
• • •

माओवादीले थालेको सशस्त्र युद्ध चरमोत्कर्षमा थियो।राज्यपक्ष र विद्रोहीको चेपारोमा दैनिकजसो ज्यान गुमाउनुपर्थ्यो निर्दोष नागरिकले पनि। गाउँगाउँका प्रहरी चौकी सदरमुकाम र नजिकैको आर्मी ब्यारेकमा सरिसकेका थिए। माओवादी द्वन्द्वको सामना गर्न प्रहरी एक्लैलाई हम्मेहम्मे थियो भने तत्कालीन शाही नेपाली सेना सरकारको आदेशमा चल्न पनि गाह्रो स्थिति थियो। 

यही चुनौतीका बीच सरकारले २०५८ सालमा अर्धसैन्य दस्ताको एउटा फौज गठन गर्‍यो। जसलाई नाम दिइयो- सशस्त्र प्रहरी बल। नेपाल आर्मी र नेपाल प्रहरीबाट एक तह बढुवा गर्दै लगिएको जनशक्तिबाट सशस्त्रको गठन भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!