प्रदेशमा मनपरी खर्च : समारोह उद्घाटनमै करोडौँ स्वाहा, घर भएका पदाधिकारीलाई पनि भाडा

कर्णाली प्रदेशमा रारा पर्यटन महोत्सव उद्घाटनमै नियमविपरीत करोडौँ रुपैयाँ खर्च भएको खुलेको छ । सो महोत्सव उद्घाटनमा कर्णाली प्रदेशले १ करोड २३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ ।

कर्णाली प्रदेश सरकारको निर्णय अनुसार ६ मन्त्रालयले रारा पर्यटन महोत्सव प्रचार प्रसारमा ६ लाख ९५ हजार रुपैयाँ सकेका छन् भने उपहार सामाग्रीमा ७ लाख ४ हजार खर्च भएको महालेखा परिक्षकको प्रतिवेदनले औँल्याएको छ ।

यस्तै खाना खाजामा २१ लाख २४ हजार रुपैयाँ सकिएको छ । हवाइ टिकट लगायत यातायात खर्चमा १० लाख खर्च भएको छ । अन्य खर्च ७८ लाख १६ हजार रुपैयाँ भएको छ । यो प्रदेशले खर्च गर्दा खर्चको प्रकृति, परिणाम र दरको एकिन नगरी लागत अनुमान समेत नबनाई खर्च गरेको देखिएको छ ।

यता, विपद् व्यवस्थापन कोष स्थापना गर्न दिएको रकम पनि प्रदेश २ को सरकारले अन्तै जम्मा गरेको छ । २ करोड रुपैयाँ फ्रिज हुन नदिन कार्यसञ्चालन कोषमा ट्रान्सफर गरेको हो । विपद व्यवस्थापन कोष स्थापना गर्न दिएको रकम सो कोषको स्थापना नगरी अन्यत्रै ट्रान्सफर गरेको हो ...

प्रकाशित मिति: : 2019-04-16 06:58:17

प्रतिकृया दिनुहोस्