सोमबार, १५ डिसेम्बर २०२५

युद्ध पार्कमा योद्धा मात्र होइन, आलिंगनबद्ध प्रेमी पनि

News Image
आलिंगनबद्ध महिला-पुरूषको आकृति बनाउँदै मूर्तिकार भीम श्रेष्ठ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
• • •

ठूल्ठूला चम्किला आँखा। उचालिएका बाक्ला आँखीभौं। निधारमा अलिकति धर्सा।

अनुहारको देखिने भाग यत्ति हो, बाँकी सप्कोले ढाकिएको छ।

यिनी हुन् कीर्तिलक्ष्मी, जसको आकृति ढुंगामा कुँदेर सम्झना सजीव बनाउँदैछ कीर्तिपुर।

को हुन् कीर्तिलक्ष्मी? कीर्तिपुरसँग उनको सम्बन्ध के हो?

कीर्तिलक्ष्मीको कथा पृथ्वीनारायण शाहको नेपाल एकीकरण र कीर्तिपुर विजयसँग जोडिन्छ। उनी कीर्तिपुरकी यस्ती वीरंगना हुन्, जसले आफ्नो अनुहार ढाकेर पुरूष भेषमा गोर्खाली फौजसँग लडिन्। र, गोर्खालीलाई आच्छुआच्छु पारिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!