विदेशबाट फर्केर उद्यम ‘थोरै मिहिनेत गर्दा पनि कमाइ धेरै भएको छ, परिवारसँग हाँसीखुसी बस्न पाइएको छ’

तस्बिर : अमृता/कान्तिपुर

धेरै कमाउने र धनी बन्ने सपना बोकेर रूपन्देहीको शुद्धोधन गाउँपालिकाकी यमुना जीसी साउदी अरब पुगिन् । त्यहाँ ५ वर्ष बिताइन् । दैनिक १८ घण्टा काममा घोटिइन् । भनेजस्तो कमाइ भएन । जति मिहिनेत गर्दा पनि कमाइ नभएपछि उनमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना पलायो ।

घर फर्केर के गर्ने भन्ने अन्योलमा थिइन् । संयोगले ४ वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका महिलालाई उद्यमशीलता सिकाउने तालिममा सहभागी भइन् । त्यसपछि घरमा खोर बनाएर कुखुरा पाल्न सुरु गरिन् । ५ सय कुखुराबाट सुरुआत गरेकी थिइन् । फाइदा हुँदै गयो । खोरको क्षमता र कुखुराको संख्या बढाउँदै गइन् ।

अहिले २ हजारझन्दा बढी कुखुरा छन् । घरबाटै बिक्री हुन्छन् । अण्डा बित्री गरिरहेकी छन् । कहिलेकाहीँ मोटरसाइकल चलाएर पसलमा बेच्न जान्छिन् । ‘कुखुरापालन सुरु गरेदेखि समस्या भएन । सोचेभन्दा राम्रो कमाइ भइरहेको छ । अब विदेश जानु पनि पर्दैन,’ उनले सुनाइन्, ‘विदेशमा भन्दा थोरैमिहिनेत गर्दापनि धेरै कमाइ भएको छ । परिवारसँगपनि हाँसीखुसी बस्न पाइएको छ ।’

उनीजस्तै वैदेशिक रोजगारीबाट फर्केका जिल्लाका धेरै महिलाले घरमै उद्यम थालेका छन् । कसैले व्यापार व्यवसाय गरिरहेका छन् । धेरै जना व्यावसायिक तरकारी, बाख्रा, कुखुरा पालन, ठेलामा व्यापार, खुद्रा पसल, होटल तथा नास्ता पसललगायतमा संलग्न छन् । विदेशको दुःखले मिहिनेत गर्न र पैसा कमाउन सिकाएको उनीहरूले बताए ।

तिलोत्तमा नगरपालिका मक्रहरकी लक्ष्मी थापामगरले कुबेतमा ८ वर्ष बिताइन् । सोचेजस्तो आम्दानी भएन । १८ घण्टा काम गर्नुपर्थ्योर् । काम बिगार्दा गाली सहनुपर्थ्यो । परिवारको मायाले सताउँथ्यो । जसोतसो ऋण तिरिन् । घर बनाइन् र फर्किन् । साथीसंगीले फेरि विदेश जान सुझाव दिएका थिए । परिवार छोडेर नजाने सोच बनाइन् ...

प्रकाशित मिति: : 2019-04-07 21:41:56

प्रतिकृया दिनुहोस्