अर्जेन्टिनी पूर्वस्ट्राइकर लाभेजीले लिए सन्यास

तस्बिरः एजेन्सी

अर्जेन्टिनाका पूर्व स्ट्राइकर इजेक्युइल लाभेजीले फुटबलबाट सन्यास घोषणा गरेका छन्।

३४ वर्षिय लाभेजीले शुक्रबार सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन्।

लाभेजीले अर्जेन्टिनाबाट ५१ खेलमा ९ गोल गरेका थिए । उनले सन् २०१६ बाट अर्जेन्टिनाबाट खेलेका छैनन्।

इटालियन क्लब नापोलीबाट १ सय ८८ खेलमा ४८ गोल गरेका लाभेजीले क्लबबाट कोपा इटालिया जितेका थिए।

यस्तै लाभेजीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट चार पटक लिग वान उपाधि जितेका थिए।

प्रकाशित मिति: : 2019-12-14 07:13:33

प्रतिकृया दिनुहोस्