लिग उपाधि जित्ने लक्ष्य छः मच्छिन्द्रका कप्तान मर्हजन

फाइल तस्बिर: बिएल

शहिद स्मारक ए डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ । यसक्रममा हरेक क्लबका प्रशिक्षकले लिगअघि आफ्नो तयारी र लक्ष्यबारे धारणा सार्वजनिक गरेका छन ।

शुक्रबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ए डिभिजन लिगका लागि तयारी तिव्रबनाएको जनाएका हुन्। पत्रकार सम्मेलनमा मछिन्द्र क्लबका, प्रशिक्षक प्रवेश कटुवालले झन्डै ३ साता प्रशिक्षण गरेको बताए। टिममा स्टार खेलाडी अनुबन्ध गरेको भन्दै उनले तयारीमा सोचेजस्तो समय नपाएपनि उपाधिको लागि खेल्ने बताए।

त्यस्तै मच्छिन्द्रका कप्तान विराज मर्हजनले नयाँ क्लबमा आउँदा एकदम उच्च मनोबल रहेको बताए। लिग उपाधिको लक्ष्य लिएर नै अगाडी बढेको उनले बताए। त्यस्तै नेपाल पुलिस क्लबका व्यस्थापक भरत शाहले नियमित तयारी भइरहेको बताए। संस्थाको ड्युटीका कारण तयारी पर्याप्त नरहेपनि मैदानमा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने उनले बताए।

न्यू रोड टिम (एनआरटि)का प्रशिक्षक राजुकाजी शाक्यले यसपटक राम्रो प्रदर्शन गरेर राम्रै स्थान हासिल गर्ने आशा रहेको धारणा राखे। त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताए। त्यस्तै अन्य टिमका प्रशिक्षकहरुले पनि उपाधि जित्नेगरि तयारी गरिरहेको बताए।

प्रकाशित मिति: : 2019-12-13 16:09:41

प्रतिकृया दिनुहोस्