काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने

फाइल तस्बिर: बिएल

काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ।

महानगरपालिकाले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी यहि मंसिर २८ र २९ गते विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउने निर्णय गरेको जानकारी गराएको छ । २५ आंै महानगर दिवस मनाउन महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समितिसमेत गठन गरेको छ।

महानगर दिवस मनाउनको लागि ज्यापु समुदायका परम्परागत बाजासहितको झाँकीलाई महानगर परिक्रमा गर्ने छ। काठमाडौ महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको विकासको लागि महानगर दिवस महत्वपूर्ण हुने बताए। महानगरपालिकाले महानगर दिवसमा शहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्वन्धित तस्विरसमेत प्रदर्शनी गर्ने मेयर शाक्यले बताए।

फरक प्रसंगमा उनले काठमाडौंको पुरानो बसपार्क अस्थायी रुपमा खुल्लामञ्चमा राखिएको भन्दै त्यसलाई पहिलेकै स्थानमा सारेर खुल्लामञ्चलाई खालि गरिने जानकारी दिए।

त्यस्तै विभिन्न खेलकुदलगायतका प्रतियोगितासमेत गरीने छ । काठमाडौको कला, संस्कृति, भाषाको संरक्षण र ऐतिहाँसिक तथा पुरातात्विक वस्तुहरुकोसमेत संरक्षण गर्न महानगर दिवस मनाउन लागिएको हो।

प्रकाशित मिति: : 2019-12-13 15:50:28

प्रतिकृया दिनुहोस्