युनाईटेड समूह विजेता बन्दै युरोपा लिगको नकआउटमा

तस्बिरः एजेन्सी

म्यान्चेष्टर युनाईटेडले युरोपा लिग फुटबलमा फराकिलो जित निकालेको छ।

युनाईटेडले बिहिबार राति भएको खेलमा डच क्लब एजेड अल्कमारमाथि ४–० गोल अन्तरले जित निकालेको हो।

खेलमा अग्रता युनाईटेडले ५३ औं मिनेटमा एस्ले योङको गोलबाट लिएको थियो। ग्रिनउड ग्रिनउडले ५८ औं मिनेटमा क्लबको अग्रता दोब्बर बनाएका थिए।

माटाले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई फराकिलो जित दिलाए।

जितसँगै युनाईटेड समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो। अन्तिम खेलमा जित निकाल्दै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। शीर्ष स्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो। अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो। अब सोमबार प्रतियोगिताको अन्तिम ३२ को ड्र सार्वजनीक हुनेछ।

प्रकाशित मिति: : 2019-12-13 07:16:42

प्रतिकृया दिनुहोस्