प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।
किरात समुदायको बाहुल्यता रहेको प्रदेश १ मा उधौलीको अवसरमा सरकारले यस क्षेत्रमा सार्वजनिक बिदा दिएको हो।
सार्वजनिक बिदासम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको थियो।
किरात समुदायले पूर्वी नेपालमा उधौली पर्व धुमधामका साथ मनाउने गरेका छन्।
आज उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि पर्व रहेको छ।