सोमबार, १५ डिसेम्बर २०२५

पीपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा पोखरा र काठमाडौं भिड्ने

News Image
तस्बिर:एजेन्सी
• • •

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बुधबार सार्वजनिक गरेको खेल तनलिका अनुसार मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

पोखरा रंगशालामा हुने उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन भिड्ने छन्।

लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ। जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन्।

लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ। दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!