सागको नवौं दिन: आज महिला फुटबलको फाइनलसहित १३ खेलमा प्रतिस्पर्धा हुँदै

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागमा आइतबार क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी,आर्चरी, बास्केटबल, बक्सिङ, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित पहिलो स्थानमा छ भने ४५ स्वर्णसहित नेपालले दोस्रो स्थानमा रहेको छ।

क्रिकेट :

साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल सोमबार हुनेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्।

यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ।

महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ।

फुटबल :

साग अन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार हुनेछ। पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ।

पुरुषको फाइनल भने मंगलबार हुनेछ। जसमा नेपाल र भुटान खेल्नेछन्।

कबड्डी :

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा सोमबार महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ। पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ। महिलाको फाइनल खेल १ बजे हुनेछ ।

बास्केटबल :

बास्केटबल अन्तर्गत सोमबार सेमिफाइनल खेल हुनेछ। पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ।

थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ।

पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन्।

­­­­­­बक्सिङ :

बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ।

सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ।

कुस्ती :

कुस्तीमा सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ।

आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन्।

जुडो :

जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ।

आर्चरी :

आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ। आर्चरी पोखरामा भईरहेको छ।

स्क्वास :

सोमबार स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

टेनिस :

टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन्।

टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन्।

फेन्सिङ :

फेन्सिङ अन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

पौडी :

पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ। सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ।

सुटिङ :

सुटिङ अन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: : 2019-12-09 07:40:21

प्रतिकृया दिनुहोस्