नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य जितेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको दौडमा नेपालका लागि गोपी चन्दले १४ मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन्।
यहि स्पर्धामा भारतका सुनिल दावाले रजत हात पारे। दावा नेपालका चन्दभन्दा १ सेकेन्डले पछि परे। यस्तै नेपालका हरीकुमार नेपालले कास्य हात पारे। हरीले १४ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए।
योसँगै नेपालको पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ।
१३ औं साग खेलकुद प्रतियोगिताअन्तर्गत आज छैटौं दिन विभिन्न खेलहरू भइरहेका छन्।