१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले बंगादेशलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
दोस्रो हाफको ६४औँ मिनेटमा भुटानका कप्तान चेन्चो ज्ञाल्सेनले गरेको गोल नै निर्णायक बन्यो।
यसअघि भुटानले बंगलादेशमाथि एक पटक जित निकालेको थियाे। सन् २०१६ मा भएको एएफसी एसिया कपमा उसले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। यसभन्दा अघि र पछि भएका खेलमा भने भुटानले जित निकाल्न सकेको थिएन।
यसै वर्ष अक्टोबरमा भएको भएको मैत्रीपूर्ण खेलमा भने भुटान २–० ले पराजित भएको थियो।