के टाइटानिककी गायिका 'सेलिन डियोन'को नीजि विमान दुर्घटनामा मृत्यु भएकाे हाे त?

फाइल तस्बिर

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ।

क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन्। यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ ।

भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ। क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु भएको छ ।

यो खबरलाई फेसबुकमा पनि सेयर गरिँदैछ ।

तर सीएनएनले यस्तो कुनै पनि समाचार प्रकासित गरेको छैन। डियोन जीवित छिन् र विमान दुर्घटनाजस्तो कुनै पनि घटना घटित भएको छैन। अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन। यस्तै, डियोन ट्वीटरमा सक्रिय छिन्। केही घण्टा अघि उनले गरेको ट्वीट देख्न सकिन्छ ।

उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन। यो वेबसाइटको होमपेज पनि छैन।

‘द रक’ को मृत्युको खबर पनि भएको थियो भाइरल

केही समय अगाडि ‘द रक’ का नामले परिचित हलिउडका चर्चित अभिनेता एवंम पहलवान (रेस्लर) ड्वेन जोनसन एक पटक फेरि मृत्युको अफवाहको शिकार भएका थिए।

एक अनलाइन खबरले हेडलाइनमा बिबिसीले जनाएको भनी नक्कली समाचार प्रसारण गरेपछि उक्त अफवाह फेसबुकभर फैलिएको थियो। उक्त अनलाइनले ४७ वर्षीय जोनसनले स्टन्ट गलत गरेका कारण उनको मृत्यु भएको भन्दै भ्रामक सन्देश फैलाएको थियो। यतिमात्र नभएर उक्त नक्कली अनलाइनले बिबिसिको नाम समेत प्रयोग गरेको थियो।

जोनसनका बारेमा भ्रामक खबर फैलिएको यो पहिलो पटक भने होइन। सन् २०११ र २०१४ मा पनि उनका बारेमा यस्तै विश्वास नलाग्ने अफवाह फैलिएको थियो। सन् २०११ मा जोनसन आफैले आफू जिवितै रेहेको र स्वस्थ रहेको भनि फेसबुकमा समेत पोष्ट गर्न बाध्य भएका थिए। बिबिसिको नाम प्रयोग गरेर नक्कली सन्देश फैलाएपनि उक्त समाचार खोल्दा भने नक्कली समाचारको स्रोत खुल्ने गर्दछ।


 

 

प्रकाशित मिति: : 2019-11-19 08:46:59

प्रतिकृया दिनुहोस्