नेपाल भित्र्याइएको एक ट्रक प्याज नियन्त्रणमा

बिएल

भारतबाट तस्करी गरेर नेपाल भित्र्याइएको एक ट्रक प्याज सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

भारतसँग सीमा जोडिएको रौतहटको पश्चीमी नाका औरैया, बंकुलबाट तस्करी गरी रौतहटको फतुवा विजयपुरमा पुर्‍याइएको करिब दश टन प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो।

फतुवा विजयपुर नगरपालिका–७ को डुमरीयामा अवैध रुपमा ना२ख ६३०४ नम्बरको ट्रकमा लोड गरी लैजादै गरेको १९१ बोरा प्याज सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जानकारी दिएको।

सशस्त्र प्रहरीले बरामद गरको प्याज र ट्रकको मूल्यसमेत गरेर ३४ लाख ५५ हजार कायम भएको ११ नम्बर गण हेड क्वाटरमा प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए।

कात्तिक महिनामा मात्रै अवैध रुपमा चोरी निकासी भएर आएको ५१ लाखभन्दा बढीको सामानहरु भन्सार कार्यालयमा बुझाएको उनले बताए।

यही वर्षको श्रावणदेखि हालसम्म सशस्त्र प्रहरीले एक करोड ७५ लाखभन्दा बढीको सामान भन्सार बुझाएको छ।

 

प्रकाशित मिति: : 2019-11-18 13:21:50

प्रतिकृया दिनुहोस्