सोमबार, १५ डिसेम्बर २०२५

टी–१० लिगमा सन्दीप लामिछाने सम्मिलित टिम पराजित

News Image
फाइल तस्बिर
• • •

टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटका टुसकेर्स पराजित भएको छ।

आइतबार भएको दोस्रो खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको हो।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो।

ओपनर आन्द्रे फ्लेचरले १५ बलमा ५ छक्का र १ चौका सहित ४० रनको योगदान दिए। त्यस्तै अर्का ओपनर रिले रोसोव १० बलमा २ छक्का र १ चौका सहित २२ रन जोडे। कोलिन इनग्राम ४, थिसेरा परेरा ३ रनमा आउट हुँदा टम मोरेस २८ रनमा अविजित रहे।

सन्दीपले २ विकेट लिए।यस्तै शपुर जद्रान र अहमद राजाले १/१ विकेट लिए ।

त्यसअघि आबुधावीमा टस हारेर ब्याटिङ थालेको कर्नाटकले १० ओभरमा १ विकेटको क्षतिमा १ सय १४ रन बनायो। ओपनर जोनसन चाल्र्सले २९ बलमा समान ४ चौका र छक्का सहित ५७ रनको योगदान दिए। त्यस्तै कप्तान हसिम अमला २९ बलमा ६ चौका सहित ४७ रनमा अविजित रहे।

समूह 'ए' रहेको कर्नाटका २ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । 

बंगलाको यो पहिलो जित हो । बंगला २ खेलमा २ अंक नै जोडेर शीर्ष स्थानमा रहेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!