टी–१० लिगमा नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित टिम अबुधावी विजयी भएको छ।
अबुधावीले नर्दन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो। नर्दन वारियर्सले दिएको ९३ रनको झिनो लक्ष्य अबुधावीले ४ विकेटको क्षतिमा ९ बल बाँकी छदा पूरा गर्यो।
अबुधावीका लागि लुक राइटले ४८ रन र मोइन अलीले ३० रन जोडे। पारसले भने एक बलको मात्र सामना गर्न पाए। पारसले सामना गरेको १ बलमा १ रन जोडे।
त्यसअघि शेख जायद स्टेडियममा वारिवर्सले टस जितेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा १ विकेट गुमाएर ९२ रन बनायो।
उसले अबुधावीलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दियाे।
वारिवर्सका लागि आन्द्रे रसेलले अविजित ३७ तथा साम बिलिङ्सले अविजित ३५ रन बनाए। यस्तै कप्तान डरेन सामीले १७ रन बनाए।