२६ किलो गाँजासहित एकजना पक्राउ

फाइल तस्बिर

सिराहा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाकै धनगढीमाई नगरपालिका १४ बस्ने ५० बर्षीय रामबहादुर तामाङ छन्।

जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका ५ बाट शुक्रबार दिउँसो उनलाई २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो। उनलाई सोही इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ।

 

 

 

प्रकाशित मिति: : 2019-11-15 17:20:26

प्रतिकृया दिनुहोस्