कम्युनिस्टहरुकाे हावा गफले मुलुक समृद्ध‍ हुँदैनः महत

बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।

काठमाडौंको प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशको प्रथम परिषदको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले कम्युनिस्टहरु गाफ र प्रचारमुखि भएको भन्दै आफ्नो पार्टीलाई जिताउनुपर्ने बताए।

'प्रचार र गफले मुलुक समृद्धको दिशातर्फ उन्मुख हुँदैन', उनले भने 'हावा गफ र प्रचार बाजीले देशलाई कोल्टे फेराउँछु भन्नु गलत हो।' उनले कांग्रेसीहरु काम गर्ने तर गरेका कामहरुको प्रचार गर्न नजान्ने भएकाले निर्वाचनमा पराजित हुनुपरेको बताए।

महतले तीन नम्बर प्रदेश र सबै प्रदेशका ट्रेड युनियन र भातृ संस्थाहरुलाई कांग्रेस गरेका राम्रा कामको प्रचार गर्न निर्देशन पनि दिए। 'सरकार पूर्ण रुपमा असफल भैसकेको छ', उनले भने 'असफल सरकारले उठाएका उम्मेदवारहरुले उपनिर्वाचन जिते देश दुर्गतितीर जान्छ।'

प्रकाशित मिति: : 2019-11-15 15:42:36

प्रतिकृया दिनुहोस्