लिपुलेक र कालापानीको विवाद अहिले नै अन्तराष्ट्रियकरण गर्ने बेला भएकाे छैन्: वरिष्ठ नेता पौडेल

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल र भारतबीचको सीमा विवाद अहिले नै अन्तराष्ट्रियकरण गर्ने बेला भइनसकेको बताएका छन्।

शुक्रबार इलामको फिक्कलमा पत्रकारसँग कुरा गर्दै पौड्यालले लिपुलेक तथा कालापानीको पर्याप्त प्रमाण भएपछिमात्र मुद्धालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए।

‘सरकारले सीमानाका विषयमा प्रष्टसँग कुरा राख्नुपर्छ भन्ने कुरा भएको हो।’ उनले भने तर अहिले नै यो बहसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने समय आएको छैन्।

पौडेलले प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकपछि सीमा रक्षाको चावी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा सुम्पेको समेत बताए। उनले भने, ‘कांग्रेस प्रधानमन्त्रीको काम हेरेर बसेको छ।’

 

 

प्रकाशित मिति: : 2019-11-15 14:21:14

प्रतिकृया दिनुहोस्