भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको पार्वती गाउँबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
भारतको समाचार एजेन्सी एएनआईले जनाएअनुसार पक्राउ परेका १२ नेपालीमध्ये पाँच जना महिला छन् ।
पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइए पनि नेपालीहरुको ठेगाना भने उल्लेख गरिएको छैन ।
कुल्ली प्रहरीका सुपरिटेन्डेन्ट गौरव सिंहका अनुसार पक्राउ परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको छ ।