राष्ट्र बैंक नोटका बन्डल चोरी ढाकछोपमा अर्थमन्त्रीका ज्वाँइदेखि डेपुटी गभर्नरसम्म

नेपाल राष्ट्र बैंक विराटनगर शाखा कार्यालयबाट नोटका बन्डल चोरीको घटना लुकाउन राष्ट्र बैंकका उच्च तहका कर्मचारी नै लागेको खुलासा भएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेपालन्युजलाई दिएको एक तथ्याङ्कको विश्लेषण गर्दा विराटनगर शाखाबाट कटिङ र धुलाईका लागि लगिएका नोटका बन्डल चोरीको घटना ढाकछोप गर्न उच्च तहकै कर्मचारीहरु संलग्न रहेको पुष्टि भएको हो।

नेपाल राष्ट्र बैंकको विशेष निरीक्षण प्रतिवेदनका अनुसार वि.सं. २०७४ साउन १७ गते राष्ट्र बैंकको विराटनगर शाखाबाट रकम चोरीको घटना भएको हो।

छानबिनका क्रममा राष्ट्र बैंक विराटनगरमै कार्यरत सहायक निर्देशक इन्द्रप्रसाद शर्मा, अर्का सहायक निर्देशक सुधीर पौडेल र कार्यालय सहयोगी मुनेश्वर डोमलाई ‘अयोग्य नठहरिने गरी’ सेवाबाट हटाएको थियो।

प्रकाशित मिति: : 2019-11-04 07:41:45

प्रतिकृया दिनुहोस्