म्हःपूजा (आत्मपूजा/शरीरपूजा) नेवार समुदायले मात्रै गर्छन्। नेवारीमा ‘म्ह’को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो।
यो पर्व गोवद्र्धन पूजाको दिन पर्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इस्वी सम्बत् ८८०) मा नेपाल सम्बत्को सुरुवात् गरेका थिए। म्हःपूजा त्योभन्दा अगाडिदेखि सुरु भएको मानिँदै आएको छ। तिथि/मिति सहितको लिखित इतिहास भने छैन। हिन्दू र बौद्ध दुवै धर्मलाई उत्तिकै महत्व दिने नेवार समुदायले विभिन्न मौलिक पर्व मनाउँदै आएको छ। अन्य नेपालीले दशैं मनाउने बेला नेवार समुदायको मोहनी नखः पर्छ। जसअन्तर्गत कुछिभ्वय (अष्टमी), स्याक्वत्याक्व (नवमी) र चालँ (दशमी) गरी विशेष तीन दिन नेवारहरुले मोहनी नखः मनाउँछन्। त्यस्तै, नेवारहरुले तिहार विशेषतः तीन दिन मनाउँछन्– लक्ष्मीपूजा, म्हःपूजा (गोवद्र्धपूजाको दिन) र किजापूजा (भाइटीकाको दिन)।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया