तीन सय वर्षअघिको नेवारी सभ्यता टल्किरहेको सिँ कःमि छेँ’
पुरानो शैलीको छानो, बार्दली, पुरानै शैलीको झ्याल र ढोकाहरू। ठाउँ–ठाउँमा झुन्डाइएको ठड्यौरो र डाली। झट्ट हेर्दा शताब्दीअघि काठमाडौँको बस्तीहरूमा देखिने नेवारी शैलीमा बनाइएको घर। उहिले जस्तो घरका कुना–कुनामा राखिएका पानीका घैँटा अनि आँगनमा बनाइएको ढुङ्गे धारा। जसले घरको मौलिक स्वरुपलाई दुरुस्तै देखाएको छ।
मन्दिरा अधिकारी - काठमाडौं