बिएल संवाददाता
आज पुस १५ गते उत्तरायणको सुरूआत। यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ।
वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन्।
पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ। केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ।
संस्कृतिका जानकार विष्णुभक्त जोशीले भने, 'आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरूआत भएको कुरालाई अथ्र्याउने गर्दछन्।' लामो दिनहरू सुरू हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सपर्ने, नयाँ दिनको सुरूवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उनले बताए।
उनका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन्। कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने चलन भएको उनको भनाइ छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया