बिएल संवाददाता
आज पुस १५ गते उत्तरायणको सुरूआत। यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ।
वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन्।
पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ। केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ।
संस्कृतिका जानकार विष्णुभक्त जोशीले भने, 'आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरूआत भएको कुरालाई अथ्र्याउने गर्दछन्।' लामो दिनहरू सुरू हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सपर्ने, नयाँ दिनको सुरूवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उनले बताए।
उनका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन्। कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने चलन भएको उनको भनाइ छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया