बिएल संवाददाता
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज (बिहीबार) बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो।
उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ।
बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ। मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिएका थिए।
साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजनसमेत परिवर्तन गरेको छ। जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया