बिएल संवाददाता
काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ वटा कलाकृति प्रदर्शन गरिएको छ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला प्रदर्शनी गरिएको हो।
चौधरीद्वारा बनाइएका बङ्गलादेशका वरिष्ठ मूर्तिकार नोबेरा अहमेदका सन् १९६० मा प्रदर्शनी भएका मूर्तिहरुको फोटोग्राफी उक्त प्रदर्शनीमा राखिएको फाउण्डेशन कला तथा संस्कृत विभाग प्रमुख श्यामसुन्दर यादवले जानकारी दिए।
प्रदर्शनीमा कलाकार दासको समसामयिक कला राखिएका छन्। बङ्गलादेशको जनजीवन, कला, संस्कृति, रहनसहनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ।
यही चैत २५ गते शुरु भएको प्रदर्शनी भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। विभागले यसअघि विभिन्न देशका कलाकारको कला प्रदर्शन गरेको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया