बिएल संवाददाता
जुम्लाको तातोपानी-२ बाबिरागाउँ नजिकै स्थानीयले फेला पारेको घोरललाई सुरक्षित रुपमा जिल्ला वन कार्यालय पुर्याएपछि जंगलमा छोडिएको छ।
फागुन २८ गते राति ८ बजेतिर गाउँका युवाहरुले घोरल फेला पनरेपछि वन कार्यालयलाई फोन गरेर जानकारी दिएका थिए। जिल्ला वन कार्यालय र लाम्रा प्रहरी चौकीबाट खटिएको टोलीले घोरलको उद्धार गरेर कार्यालयमा पुर्याएको थियो।
बेवारिसे अवस्थामा भेटिएको घोरलको पशु चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा कुनै स्वास्थ्य समस्या नदेखिएपछि जंगलमा छाडिएको छ। घोरललाई तीन दिनसम्म वन कार्यालयमा राखेर पशु चिकित्सकको निगरानीमा राखिएको थियो।

भाले जातको घोरलमा कुनै चोट पटक नदेखिएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, चन्दननाथ नगरपालिका र जंगलमा छाड्न लागेको वडाको प्रतिनिधिको रोहबरमा जंगलमा छाडिएको डिभिजन वन अधिकृत खडकलाल नेपालीले जानकारी दिए। उनले भने, 'स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य समस्या देखिएन। त्यसैले सहजै रुपमा आहारा भेटिने स्थानमै लिएर छोडेका छौँ।'
संरक्षित जंगली जनावरको सूचीमा रहेको घोरल पछिल्ला समय चोरी सिकारी र वन जंगल विनाशका कारण लोप हुँदै गएका छन्। जंगलमा खानेकुराको अभाव भएपछि घोरल बस्तीतिर झरेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन्।

देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया