बिएल संवाददाता
ढिला गरी लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन प्रकृया थालिएको छ।
प्रदेशसभामा नयाँ सदस्य आएको वर्ष दिन पुग्दासमेत विषयगत समितिका सभापति चयन हुनेको थिएन। लुम्बिनी प्रदेशसभाले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको छ।
लुम्बिनीमा ६ वटा विषयगत समिति छन्। सबै समितिको सभापति चयन गर्न पुस १६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ।
प्रदेशमा प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, सार्वजनिक लेखा समिति छन्।
यसअघि समितिको सदस्य मनोनयन भए पनि सभापति चयन भएका थिएनन्। समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरिएको थियो।
६ वटा विषयगत समितिमध्ये कुन समिति कसलाई दिने भन्ने दलहरुले अझै टुंगो लगाउन सकेका छैनन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया