बिएल संवाददाता
दाङमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
तुलसीपुरबाट काठमाडौ जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्बरको बसले लु ४१ प ८०९२ नम्वरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ निवासी २३ बर्षीय सौगात वली रहेका छन्। उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–११ निवासी ३५ बर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन्।
लामिछानेको दाहिने खुट्टालगायतका ठाउँमा चोट लागेको र अहिले घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रहरीले बस चालक तुलसीपुर उपमहानगरपालिका–७ निवासी २९ बर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएरकाे छ।
बसले घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१७ बेलभारमा माेटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएकाे थियाे।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया