बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा आज देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछ। उनको यो ४७ औं स्मृति दिवस हो।
नेपालका कम्युनिष्ट पार्टीहरूले उनको सम्झनामा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन्।
विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल नेपालमा कम्युनिष्ट आन्दोलनका संस्थापक नेता हुन्। पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८)लाई नेपाली भाषामा अनुवाद गरेर उनले नेपालमा कम्युनिष्ट राजनीति स्थापित गरेका थिए। पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीहरूले ‘कम्युनिष्ट आन्दोलनको पिता’का रुपमा सम्झिन्छन्।
पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादलाई सिद्धान्त बनाएका थिए। त्यही घोषणापत्रका आधारमा नेपालमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको थियो। तर समय बित्दै जाँदा टुक्रा टुक्रा भएर अहिले धेरै पार्टीहरूले ‘नेकपा’ जोडेर अनेक पार्टी खोलेका छन्।
नेपालमा त्यो बेला राणा शासन थियो र राजनीतिक गतिविधि प्रतिबन्धित थियो। नेपाली काँग्रेसजस्तै नेपाल कम्युनिष्ट पार्टी पनि भारतको कलकत्तास्थित एकजना बङ्गाली नागरिकको घरमा स्थापना भएको घोषणा गरिएको थियो। त्यो बेला पुष्पलाल महासचिव भएका थिए। कम्युनिष्ट पार्टीमा महासचिव नै सर्वोच्च नेताका रुपमा रहन्छन्। अहिले पछिमात्रै यी पार्टीहरूमा अध्यक्षात्मक (बहुपदीय)प्रणाली सुरु भएको हो। नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ नेता थिए।
राणा शासनपछि पञ्चायतका बेला पनि कम्युनिष्ट पार्टी भूमिगत भएरै आन्दोलन गरेको थियो। तर पुष्पलाललकै अगुवाईमा नेपाली काँग्रेससँग मिलेर २०४६ सालमा जनआन्दोलन भएको थियो। प्रजातान्त्रिक शक्तिसँग नमिल्दासम्म राजालाई ‘ठाउँ’मा ल्याउन सकिन्न भन्ने पुष्पलालको मान्यता थियो।
२०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा पुष्पलालको निधन भयो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया