
बिएल संवाददाता
इजरायलमा हमास समूहको नियन्त्रणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए।
विपिनको शव नेपाली सेनाले आजै भिमदत्त नगरपालिकास्थित उनको घर लैजाने भएको छ।
त्यसलगत्तै विपिनको शव हवाईमार्ग हुँदै धनगढी पठाइने र त्यहाँबाट उनको जन्मघर पुर्याइने छ। कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने आफन्तले बताएका छन्।
दुई वर्षअघि पढ्दै–कमाउँदै कार्यक्रममा इजरायल पुगेका विपिन त्यहाँ पुगेलगत्तै हमासको कब्जामा परेका थिए।
दुई वर्षसम्म अज्ञात अवस्थामा रहेका विपिनको मृत्यु भएको जानकारी गराउँदै हमासले केही दिनअघि मात्र उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
सोमबार इजरालमा विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएर आज नेपाल पठाइएको हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया