बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले श्रीमानसमेत रहेको पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई टक्कर दिएकी छन्।
बहुमत केन्द्रीय सदस्यबाट निर्णय गराउँदै रेशमले केन्द्र सरकारमा सहभागी नहुने निर्णय गरेको भए पनि अध्यक्ष रञ्जिताले भने सरकारलाई विश्वासको मत दिन ह्वीप नै जारी गरिदिएकी छन्।
बुधबार (भोलि) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदैछन्। पार्टीकी अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिताले बुधबारको प्रतिनिधि सभा बैठकमा ४ जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएकी छन्।
सरकारमा जाने र नजाने विषयमा श्रीमान् श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन्।
उनका श्रीमान् रेशमले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन्।
तर रञ्जिता भने एमाले–माओवादी गठबन्धनमा जाने पक्षमा छन्।
जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया