बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा अध्यक्ष रञ्जिता श्रेष्ठलाई धक्का लागेको छ। उनको निर्देशनविपरीत बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा नजाने निर्णय गरेपछि उनलाई धक्का लागेको हो।
नाउपाका जेष्ठ सदस्य दामोदर पण्डितका अनुसार मंगलबार बसेको बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकारर्य र समन्वय गर्ने निर्णय गरेको छ।
जुन अध्यक्ष रञ्जिताको इच्छाविपरीत हो। रञ्जिताले केन्द्र सरकारमा जाने बताइरहेकी थिइन्। उनले हाल माओवादी केन्द्र, एमाले, रास्वापा र जसपासहितको गठबन्धनसँग सहकार्य गर्ने बताएकी थिइन्।
जसअनुसार काँग्रेस नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारबाट रञ्जिताले मन्त्री फिर्ता बोलाएकी थिइन्। तर उनका श्रीमानसमेत रहेका संस्थापक अध्यक्ष रेशम चौधरीले मन्त्रीलाई फिर्ता नआउन भनेका थिए।
पार्टी अध्यक्ष रञ्जिताको निर्णयविपरीत सुदूरपश्चिम सरकारका मन्त्रीहरु सरकारमै छन्।
पार्टीमा श्रीमान–श्रीमतीको विवाद सतहमै आइसकेको छ। मंगलबार पनि बहुमत केन्द्रीय सदस्यले मात्रै संघमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकार्य गर्ने निर्णय गरेको हो।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया