
बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा अध्यक्ष रञ्जिता श्रेष्ठलाई धक्का लागेको छ। उनको निर्देशनविपरीत बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा नजाने निर्णय गरेपछि उनलाई धक्का लागेको हो।
नाउपाका जेष्ठ सदस्य दामोदर पण्डितका अनुसार मंगलबार बसेको बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकारर्य र समन्वय गर्ने निर्णय गरेको छ।
जुन अध्यक्ष रञ्जिताको इच्छाविपरीत हो। रञ्जिताले केन्द्र सरकारमा जाने बताइरहेकी थिइन्। उनले हाल माओवादी केन्द्र, एमाले, रास्वापा र जसपासहितको गठबन्धनसँग सहकार्य गर्ने बताएकी थिइन्।
जसअनुसार काँग्रेस नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारबाट रञ्जिताले मन्त्री फिर्ता बोलाएकी थिइन्। तर उनका श्रीमानसमेत रहेका संस्थापक अध्यक्ष रेशम चौधरीले मन्त्रीलाई फिर्ता नआउन भनेका थिए।
पार्टी अध्यक्ष रञ्जिताको निर्णयविपरीत सुदूरपश्चिम सरकारका मन्त्रीहरु सरकारमै छन्।
पार्टीमा श्रीमान–श्रीमतीको विवाद सतहमै आइसकेको छ। मंगलबार पनि बहुमत केन्द्रीय सदस्यले मात्रै संघमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकार्य गर्ने निर्णय गरेको हो।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया