शुक्रबार, १६ अक्टोबर २०२६

इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’

News Image
• • •

इन्जिनियर कुबेर नेपालीको कोसेलीका रूपमा प्रेमिल गीत ‘साक्षी राखी माया मेरो’ सार्वजनिक भएको छ।

सुजाता केसी र सविन सुवेदीको युगल स्वरमा रहेको गीतको म्युजिक भिडियोमा कुबेर नेपाली र कलाकार तथा मोडल झरना रिसाललाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ।

कुबेर नेपाली नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुन्।

गजेन्द्र रञ्जितको शब्दरचना रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत छ। निर्माण पक्षले गीतको भावअनुसार प्राकृतिक परिवेशलाई भिडियोको महत्वपूर्ण पक्षका रूपमा समेटिएको जनाएको छ।

एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा कर्णालीका मनोरम भू–दृश्यलाई प्रेमकथाको पृष्ठभूमिका रूपमा प्रस्तुत गरिएको भिडियोमा प्राकृतिक सौन्दर्य, प्रेम र भावनात्मक सम्बन्धको संयोजन देख्न सकिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!