बिएल संवाददाता
नागढुंगा सुरुङमार्गले चन्द्रागिरी नगरपालिका १ र २ मा निम्त्याएको पानी संकटको विषय संसदमा पुगेको छ।
दुई वडामा पानी संकट र घरहरु चर्किन थालेपछि स्थानीयले फागन ६ गतेदेखि सुरुङमार्गको काम ठप्प पारेका छन्।
बिहीबारको संसद बैठकमा कांग्रेसका सांसद राजन्द्र कुमार केसीले स्थानीयको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
यसअघि बिएल नेपाली सेवाले बस्तीमुनि नागढुङ्गा सुरुङ मार्गः मूलहरू सुकिसके, घरहरू चर्किन थाले शिर्षकमा स्टोरी गरेको थियो।
सांसद केसीले भने– ‘स्थानीय व्यक्तिहरुले पानीको मुहान सुकेको छ, मुआब्जा पाएका छैनौँ भनेर धेरै लामो समयदेखि काममा अवरोध गरेका छन्। तर सरकार मुकदर्शक भएर बसेको छ। जनताले गरेको माग तत्काल सम्बोधन गरेर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तत्काल सुरु होस्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया