बिएल संवाददाता
बुढानीलकण्ठस्थित बाल उद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन्।
प्राचार्य विनोद पण्डित विद्यालयकै प्राङ्गणमा कुटिएका थिए थिए।भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्थानीय निशाल दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुवप्रसाद घिमिरेलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
निशाल दाहाल बुढानिलकण्ठ नगरपालिका–१० की वडा सदस्य एमाले नेतृ रिता दाहालका छोरा रहेको खुलेको छ।
भर्नासम्बन्धी विवादमा प्राचार्य पण्डितले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको भनिएको थियो। सोही विवादलाई लिएर कुटपिट गरिएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।
सार्वजनिक भएको भिडिओ फुटेजमा प्राचार्य पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ। कुरा नमिलेपछि युवकले प्राचार्यलाई मुक्का र लात्तिले प्रहार गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयसँगको समन्वयमा उनीहरूमाथी कारबाही प्रक्रिया अघि बढाएको हो। शैक्षिक संस्थामा हुने यस्ता गतिविधि कुनै पनि हालतमा सह्य नहुने मन्त्रालयले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया