आइतबार, ११ अक्टोबर २०२६

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे बाबुराम भट्टराई

News Image
• • •

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायत क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा भट्टराईले गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायत जनप्रतिनिधि तथा स्थानीयसँग छलफल गरेका छन्।

उनले बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई आग्रह गरेका छन्।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै भट्टराईले पीडितको व्यवस्थापन र पुनःस्थापनाका लागि सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!