बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटीले रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात रहेको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले आफू बाढी प्रभावित परिवारलाई भेटेर फर्किएको उल्लेख गर्दै उनले आफ्ना छोराछोरी, दाजुभाइ तथा परिवारका सदस्य फर्किने आशामा धेरै परिवारका आँखा अझै बाटोतिर रहेको बताए।
उनका अनुसार पालुङटार नगरपालिका–५ बाघखोर क्षेत्रबाट तीर्थयात्रामा गएका ३६ जनामध्ये बाढी देखेपछि बसबाट हामफालेर ६ जना बच्न सफल भएका छन्। बाँकी ३० जनामध्ये पाँच जनाको शव फेला परेको र अन्यको अवस्था अझै अज्ञात रहेको उनले बताए।
उनले भने, ‘आज पनि गोरखा प्रतीक्षामा छ। केही दिनको जिल्ला बसाइँ सकेर फर्कंदै गर्दा बाढी पीडितको परिवार भेटेर आउँदा आफ्ना छोराछोरी, दाजुभाइ र परिवारका सदस्य फर्किने आशमा धेरै परिवारका आँखा अझै बाटोतिर भएको पाएँ। यो महाविपद्मा हजारौँको अवस्था अज्ञात छ। पीडित परिवारको घरघर पुग्दा आँखा थाम्न सक्ने अवस्था छैन।’
बेपत्ता, उद्धार भएका तथा मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्याउनुपर्नेमा जोड दिँदै उनले विपद्मा फसेका तथा पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए।
त्यस्तै भेटिएका शवको तत्काल डीएनए परीक्षण गरी पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्नुपर्ने उनले भने।
बाढीपहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा आगामी दिनमा बस्ती तथा सार्वजनिक संरचना निर्माण नगर्ने नीति लिनुपर्ने र जोखिमयुक्त क्षेत्रका नागरिकमा आवश्यक जनचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि सांसद बुर्लाकोटीले जोड दिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया