शनिबार, १७ अक्टोबर २०२६

प्रभु साहले गठन गरे आईटी आर्मी अर्ध सैनिक बल

एक सातासम्म चलने उक्त तालिममा देशभरीका हजारौँ युवाहरु सहभागी छन। रौतहटको मौलापुरमा भइरहेको उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससमेत गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन, तीन जना पक्राउ (भिडियाे)

माेहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट युवाहरूले सिंहदरबारभित्रै पसेर अर्धनग्न भएर प्रदर्शन गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री श्रेष्ठ आफैँ पुगेर छुटाए सिके राउत र मन्त्री अनितासहित सबैलाई

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफैँ पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: मन्त्री ज्वाला र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरकाे निषेधाज्ञा खाेल्न गगन थापाकाे अनुराेध

‘म माननीय गृहमन्त्रीज्यूलाई अनुराेधन गर्न चाहन्छु, माइतीघरकाे निषेधित क्षेत्र हटाइदिनुहाेस्’, उनले भने, ‘हेर्दा सामान्य लाग्न सक्छ तर जस्ताे आज केही साथीहरु धाेती दिवस मनाउन जाँदा लखेटिनुभयाे, उहाँहरु बाेल्नुभएकाे भए कमसेकम सरकारले जनताकाे कुरा सुन्न पाउँथ्याे। के थाहा माइतीघरमा बाेल्न पाइन्थ्याे थियाे भने ती केटाहरु बालकुमारी जानुपर्दैन थियाे कि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ गरी भोजपुर ल्याइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

बालकुमारी घटनामा दाेषी देखिएका सबैलाई कारबाही गर्छाैँ: गृहमन्त्री श्रेष्ठ

‘याे घटनाकाे सबै सेराेफेराेमा छानबिन समितिले छानबिन गर्नेछ, जाे जाे दाषी देखापर्छन्, ती सबैलाई कानुनकाे दायरामा, कारबाहीकाे दायरामा ल्याइनेछ र त्याे प्रतिवेदन कार्यान्वयन गरिनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रूपैयाँ जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालका प्रहरीले गाेलीकाे निसाना लगाउनै जान्दैनन्- रघुजी पन्त

साेमबार बिहान सिंहदरबारमा बसेकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै सांसद पन्तले प्रहरीलाई उचित तालिम नदिएकाे कारण अप्रिय घटनाहरु भइरहेकाे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालकुमारी घटनामा तीन क्षेत्रकाे कमजोरी देखियाे: गृहमन्त्री श्रेष्ठ

‘रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले जिम्मेवारी पूरा नगरेको र नेपाल प्रहरीको फिल्ड कमाण्डरको पनि कमजोरी दिएको प्रारम्भिक निष्कर्षअनुसार निलम्बन गरिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीके राउतसहित दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ

साेमबार दिवस मनाउन र्‍यालीसहित निषेधित क्षेत्र माइतीघर पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे। बबरमहलस्थित कला परिषद्मा जम्मा भएर माइतीघरतर्फ अघि बढेका राउतसहितका कार्यकर्ताहरूलाई प्रहरीले राेके पनि नमानेपछि पक्राउ गरेकाे हाे। उनीहरूलाई प्रहरीले भ्यानमा हालेर लगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तरुल खोज्नसँगै गएका आफ्नै साथीको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने बेला कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाे बेला आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाके

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

‘गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक छ ’

ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सम्पर्कविहिन विदेशी नागरिक भेटिए

निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक  भेटाएर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

जुम्लामा सरकार विरुद्ध युवा विद्यार्थीको प्रदर्शन 

शक्रबार बालकुमारी ग्वार्को चोक नजिकै रहेको इपिएस (रोजगार अनुमति प्राणाली) कार्यालय अगाडि भएको प्रदर्शनीमा प्रहरी दमन हुँदा वीरेन्द्र शाह र सुजन रावतको ज्यान गएसँगै देशभर प्रदर्शन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

‘दुर्गमको विकासका लागि सङ्घीय व्यवस्था वरदान हो’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन सङ्घीय व्यवस्था वरदान साबित भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी